ad ad

खेल


उरुग्वेलाई पराजित गर्दै कोलोम्बिया कोपा अमेरिकाको फाइनलमा

उरुग्वेलाई पराजित गर्दै कोलोम्बिया कोपा अमेरिकाको फाइनलमा

नेपालखबर
असार २७, २०८१ बिहिबार ७:५१, काठमाडौँ

जेफरसन लेर्माको निर्णायक गोलमा उरुग्वेलाई पराजित गर्दै कोलोम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। 

बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा उरुग्वेलाई १–० ले हराउँदै कोलम्बिया कोपाको फाइनलमा पुगेको हो। 

पहिलो हाफको ३९ मिनेटमा लेर्माले गरेको गोल नै कोलोम्बियालाई फाइनल पुग्न पर्याप्त बन्यो।  कोलोम्बिया पहिलो हाफमा नै १० खेलाडीमा सिमित भएको थियो। 

पहिलो हाफको इन्ज्युरी समयमा डानियल मुनोजले कार्ड खाँदै मैदान छाडेपछि कोलोम्यिबा १० खेलाडीमा सिमित भएको थियो। योसँगै अब उनले फाइनल खेल गुमाउनेछन्। 

कोलोम्बियाले दोस्रो हाफ पुरै १० खेलाडीमा बिताएपनि उरुग्वेले गोल फर्काउन सकेन। कोलोम्बियाले अब उपाधिका लागि साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ। 

बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा क्यानडालाई २–० ले पराजित गर्दै अर्जेन्टिले फाइनलमा स्थान पक्का गरिसकेकाे छ। फाइनल खेल सोमबार बिहान हुनेछ। 

सेमिफाइनलमा पराजित क्यानडा र उरुग्वेले भने तेस्रो स्थानका लागि आइतबार बिहान खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .