नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मान बहादुर श्रेष्ठ फेवा एजुकेसन तथा माइग्रेसन कम्पनी अस्ट्रेलियाले ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
अस्ट्रेलिया भ्रमणमा रहेका श्रेष्ठलाइ फेवा एजुकेसन तथा माइग्रेसनले दुइ वर्षका लागि कम्पनीको सद्भावना दूत नियुक्त गरेको हो।
श्रेष्ठले दुई वर्षमा करिब १० लाख बराबरको नगद र सेवा पाउने कम्पनीका निर्देशक योगेश श्रेष्ठले बताए।
सम्झौताअनुसार कप्तान श्रेष्ठ वार्षिक रूपमा अस्ट्रेलियामा आयोजना हुने भलिबल प्रतियोगितामा सहभागी हुनेछन्।
90
Shares
प्रतिक्रिया