नेपाल एपीएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपाल समूह ‘सी’मा परेको छ।
बिहीबार समूह विभाजनमा एपीएफ परेको समुह ‘सी’मा उज्बेकिस्तानको एफसी नासाफ र मलेसियाको सबाह एफए रहेका छन्। नेपालले यो खेल मलेसियामा खेल्नेछ।
प्रारम्भिक चरणमा रहेका १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोलीले अघिल्लो चरणमा स्थान बनाउनेछन्।
एपीएफले प्रारम्भिक चरण पार गरे समूह चरणमा समूह ‘ए’मा स्थान पक्का गर्नेछ।
समूह चरणको समूह ‘ए’मा वुहान जियाङ्दा वुमन्स एफसी र हुन्डाई स्टिल रेड एन्जेल्स वुमन्स एफसी रहेको समूह ‘ए’मा स्थान बनाउनेछ। यो समूहमा प्रारम्भिक चरणको समूह ‘सी’ र समूह ‘ए’को विजेताले स्थान बनाउनेछन्।
एएफसी महिला च्याम्पियन्स लिग अगस्ट २५ देखि ३१ सम्म हुनेछ।
78
Shares
प्रतिक्रिया