काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले (आज) शुक्रबार उपाधि दाबेदार कीर्गिस्तानविरुद्ध खेल्दै छ।
मालदिभ्सको मालेस्थित सोसल सेन्टरमा हुने खेल नेपाली समयानुसार राति पौने ९ बजे सुरु हुनेछ।
नेपाल आजको खेलमा बलियो टोली किर्गिस्तानलाई हराउँदै पहिलो जितको खोजीमा छ। किर्गिस्तान भने लगातार दोस्रो जितको खोजीमा छ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग ३–१ को सेटमा पराजित भएका थियो। किर्गिस्तानले मालदिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो।
राउन्ड रोविनको अन्तिम खेलमा नेपालले शनिबार घरेलु टोली मालदिभ्ससँग खेल्नेछ।
अंक तालिकाको पहिलो र चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। सेमिफाइनल खेल सोमबार हुनेछ।
सेमिफाइनलको विजेताले फाइनल खेल्नेछन्। पराजित टोलीले भने तेस्रो स्थानका लागि खेल्नेछन्। फाइनल र तेस्रो स्थानका लागि खेल मंगलबार हुनेछ।
यू-२० महिला टोलीः
जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मीना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री।
Shares
प्रतिक्रिया