ad ad

खेल


पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार

पेरिस ओलम्पिकमा प्रिन्स दाहालको लगातार दोस्रो हार

नेपालखबर
साउन १५, २०८१ मंगलबार ८:१५, काठमाडौँ

नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहालले पेरिस ओलम्पिक-२०२४ मा लगातार दोस्रो हार बेहोरेका छन्।

सोमबार राति फ्रान्सको राजधानी पेरिसस्थित ला चापेला एरिनाको कोर्ट २ मा भएको खेलमा उनी सोझो सेटमा हारेका हुन्। 

समूह पीको खेलमा प्रिन्स विश्व वरीयताको ४३औँ स्थानमा रहेका आयरल्यान्डका नियात नुयनसँग २१–७ र २१–५ ले पराजित भएका हुन्।

प्रिन्स विश्व वरीयतामा १ सय ७२औँ स्थानमा छन्। उनले अब समूह चरणको अन्तिम खेलमा विश्व वरीयताको ५८औँ विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्नेछन्। 

यसअघि प्रिन्सले विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा हारेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .