वर्षाका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित लेग स्पिनर सन्दीप लामिछाने र अलराउण्डर दीपेन्द्र सिंह ऐरिसम्मिलित टोलीको खेल प्रभावित भएको छ।
क्यानडामा जारी ग्लोबल टी–२० अन्तर्गत रोहित सम्मिलित टोली टोरोन्टो नेसनल्सले मोन्ट्रियर टाइगर्सविरुद्ध खेल्दै थियो।
टोरोन्टोले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मोन्ट्रियरले २ ओभरमा २ विकेट गुमाएर २५ रन बनाउँदा वर्षाले खेल प्रभावित भएपछि रद्द भएको हो। खेल रद्द हुँदा दुवै टोलीले समान एक एक अंक बाँडे।
यस्तै सन्दीप र दिपेन्द्र सम्मिलित भेनकुभर नाइट्सले सर्रे ज्याकवार्सविरुद्ध २८ रन बनाउँदा पानीले खेल प्रभावित भएको थियो।
सर्रेले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भेनकुभरले ५ ओभरमा १ विकेटको क्षतिमा २८ रन बनाउँदा पानी परेको ओसिलो मैदानका कारण खेल रद्द भयो। खेल रद्द हुँदा दुवै टोलीले अंक बाँडे।
खेल रद्द भएपछि सन्दीप र दिपेन्द्रको टोलीले अंक तालिकमा खाता खोल्न सकेका छन्। ५ खेलमा जित विहीन् भेनकुभर १ अंकमा तालिकाको पुछारमा छ।
लिगका ५ खेलमा २ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेको टोरोन्टो ५ अंकमा तालिकाको तेस्रो स्थानमा छ।
Shares
प्रतिक्रिया