म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकाल्दै लिभरपुलले इङ्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ।
आइतबार राति युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुलले ३–० को फराकिलो जित निकालेको हो। लिभरपुलको जितमा लुइस डियाजले २ तथा मोहम्मद सलाहले १ गोल गरे।
पहिलो हाफको ३५ औँ मिनेटमा डियाजको गोलमा पाहुना टोलीले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफको ४२ औँ मिनेटमा डियाजले व्यक्तीगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे। डियाजको दुबै गोलमा सलाह सहायक बने।
खेलको ५६ औँ मिनेटमा सलाहको गोलमा लिभरपुल ३–० को अवस्थामा आयो।
लगातार तेस्रो जित निकालेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा छ। समान खेल र अंकमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ।
39
Shares
प्रतिक्रिया