ad ad

खेल


फ्रान्स र रियल मड्रिडका पूर्वरक्षक भरानले घोषणा गरे संन्यास

फ्रान्स र रियल मड्रिडका पूर्वरक्षक भरानले घोषणा गरे संन्यास

फ्रान्स र रियल मड्रिडका पूर्वरक्षक रफाइल भरान (Getty Images)


नेपालखबर
असोज ९, २०८१ बुधबार १६:४०, काठमाडौँ

फ्रान्स र रियल मड्रिडका पूर्वरक्षक रफाइल भरानले बुधबार संन्यास घोषणा गरेका छन्। 

एपीका अनुसार उनले आफ्नो खेल जीवनमा एक विश्वकप र क्लब ट्रफीहरु जितेका छन्। 

३१ वर्षीय भरानले इटलीको सिरि ए क्लब कोमोमा गत जुलाईमा आबद्ध भए पनि घुँडाको चोटका कारण एकपटक मात्रै खेलेका छन्। गत महिना साम्पदोरियासँगको खेलमा उनी चोटग्रस्त बनेका थिए। 

‘मेरो फुटबल करिअरमा मैले धेरै चुनौतीहरु लिएँ, एकपछि अर्को गरी उठ्दै गएँ, जुन सबैजसो लगभग असम्भवजस्तै थियो’, भरानले इन्स्टाग्राममा भनेका छन्, ‘यी सबै क्षणहरु मेरा लागि गौरव र पूर्णताको कुरा हो। म अब सबैले माया गर्ने खेलबाट संन्यास लिँदै छु।’

सन् २०१८ मा रुसमा भएको विश्वकप प्mान्सले जित्दा उनले आफूलाई प्रभावशाली रक्षक प्रमाणित गरेका थिए। उनले मड्रिडलाई चार च्याम्पियन्स लिग जिताउन र तीन स्पेनिस लिग उपाधि जिताउन योगदान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .