ad ad

खेल


आहा–रारा गोल्डकपको उपाधि मनाङ–मर्स्यांदीको पोल्टामा

आहा–रारा गोल्डकपको उपाधि मनाङ–मर्स्यांदीको पोल्टामा

लक्ष्मी जि.सी
चैत १, २०७६ शनिबार ११:५३,

मोफसलको प्रतिष्ठित आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको उपाधि मनाङ–मर्स्यांदी क्लबले उचालेको छ।

 पोखरा रंगशालामा शनिबार भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि जितेको हो।

निर्धारित ९० मिनेटमा दुबै टोलिले गोल गर्न नसकेके खेल अतिरिक्त समयमा धकेलिएको थियो। थप गरिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको हो।

टाईब्रेकरमा पुलिसका तेज तामाङ र अजित भण्डारीको प्रहार बिफल हुँदा पुलिस आठौँ पटक उपाधि जित्नबाट बञ्चित भएको हो।

आहा–रारामा मनाङ र पुलिसको चौथो भेट हो। 

खेलको ११औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरलाई मनाङका गोलरक्षक अशोक बरालले क्लोज रेन्जमा जोगाउँदा पुलिस अग्रता लिनबाट चुकेको थियो। १९औं मिनेटमा मनाङले अवसर पाएपनि गोल गर्न असमर्थ बन्यो। कप्तान कमल श्रेष्ठको फ्रिकिकलाई बिमल रानाले हेडिङ गरेपछि अजित भण्डारीलाई डिफ्लेक्ट हुदै बाहिरियो। त्यसमै प्राप्त कर्नरलाई मनाङले सदुपयोग गर्न सकेन।

३५औं मिनेटमा पुलिसका निरकुमार राईले पेनाल्टी बक्सभित्र अवसर पाए पनि उनको प्रहार आकासिएको थियो। लगत्तै लुइस भिडालको क्रसमा अन्जनले पेनाल्टी बक्समा मौका पाए पनि उनको टच फितलो बन्यो।

३७औं मिनेटमा तेज तामाङको सटिक पासमा बुद्धले गरेको प्रहरा मनाङका गोलरक्षक अशोक बरालले सहजै नियन्त्रणमा लिए। ३९औं मिनेटमा कप्तान कमल श्रेठको क्रसमा पेनाल्टी बक्समा बिमलले मौका पाए पनि नियन्त्रण लिन नसकेको बललाई पुलिसका गोलरक्षक रोशन खड्कालाई कुनै बाधा भएन।
खेलको ४३औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा गोलरक्षक अघि बढेको अवस्थामा बिमल रानाको ओभर हेड किकलाई पुलिसका अजित भण्डारीले गोललाइनबाट क्लियर गर्दा मनाङ अग्रता लिनबाट चुक्यो।

मनाङले उपाधिसहित १० लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ। उपबिजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझायो। 

क्याराभान गोल्ड कपसहित १९ वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम विगतमा जस्तै क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ। हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन्।

आहा–रारा गोल्डकपका उत्कृष्ट खेलाडीहरु

उत्कृष्ट खेलाडीः नेपाल पुलिसका अजित भण्डारीले एक थान एप्रिला स्कुटर प्राप्त गरे।

उत्कृष्ट गोलरक्षक- अशोक बराल (मनाङ)

उत्कृष्ट डिफेन्डर- सुरज बिके (मनाङ)

उत्कृष्ट मिडफिल्डर- नितिन थापा (मनाङ)

उत्कृष्ट फरवार्ड- अन्जन बिष्ट (मनाङ)

उत्कृष्ट प्रशिक्षक- तोपे फुजा (मनाङ)

सर्वाधिक गोलकर्ता- भरत साह (पुलिस), निर कुमार राई (पुलिस), अन्जन बिष्ट (मनाङ), सुसान श्रेष्ठ (थ्री स्टार) र त्रिदेव गुरुङ (सहारा), सबैले समान २-२ गोल गरेका थिए।

उत्कृष्ट हुने सबैले जनही २५ हजार पाएका थिए। सर्वाधिक गोलकर्ताको पनि २५ हजार रुपैयाँ नै पुरस्कार थियो। तर ५ जना सर्वाधिक गोलकर्ता भएकाले सबैले जनही पाँच हजार पाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .