ad ad

समाज


चीनले भन्योः युरोपमा छिटो कोरोना नियन्त्रणमा सहयोग पुर्‍याउन तयार छौं

चीनले भन्योः युरोपमा छिटो कोरोना नियन्त्रणमा सहयोग पुर्‍याउन तयार छौं

नेपालखबर
चैत १, २०७६ शनिबार ११:५१,

युरोपेली राष्ट्रहरु इटली, स्पेन, जर्मनी, फ्रान्स, स्वीजरल्यान्ड, नर्वे, स्वीडेन, नेदरल्यान्ड्स, बेलायत कोरोनाले ग्रस्त मुलुकहरु हुन्।

यसबीचमा शुक्रबार मात्र विश्व स्वास्थ्य संगठनले अब युरोप कोरोना महामारीको केन्द्रविन्दु भएको बताएको थियो।

चीनमा भने कोरोना संक्रमित र मृतकको दर घट्दै गएको छ। चीनले आफ्नो देशमा कोरोनाको प्रभाव समाप्त भइसकेको घोषणा गरेको छ।

शनिबार चीनले युरोपेली संघलाई एक पत्र लेख्दै आफूले युरोपमा चाँडो कोरोना नियन्त्रण गर्न सहयोग पुर्याउनसक्ने बताएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले युरोपेली परिषदका अध्यक्ष चार्ल्स मिचेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन देर लेयानलाई पत्र लेख्दै चीन युरोपमा कोरोना नियन्त्रणमा सहयोग पुर्याउन तयार भएको बताए।

युरोपमा कोरोना नियन्त्रण आफूहरुले तीव्र गतिमा गर्नसक्ने सीले पत्रमा लेखेको सिन्ह्वाले जनाएको छ।

कोरोनाबाट प्रभावित प्रमुख युरोपेली राष्ट्रहरु

इटलीः १७ हजार ६६० संक्रमित, १२ सय ६६ को मृत्यु

स्पेनः ५ हजार २३२ संक्रमित, १३३ को मृत्यु

जर्मनीः ३ हजार ६७५ संक्रमित, ८ को मृत्यु

फ्रान्सः ३ हजार ६६१ संक्रमित, ७९ को मृत्यु

स्वीजरल्यान्डः १ हजार १३९ संक्रमित, ११ को मृत्यु

नर्वेः ९९६ संक्रमित, एकको मृत्यु

स्वीडेनः ८१४ संक्रमित, एकको मृत्यु

नेदरल्यान्ड्सः ८०४ संक्रमित, १० को मृत्यु

बेलायतः ७९८ संक्रमित, ११ को मृत्यु

युरोप बाहेक कोरोना प्रभावित राष्ट्रको सूची

चीनः ८० हजार ८२४ संक्रमित, ३१ सय ८९ को मृत्यु, ६५ हजार ५६४ उपचारपछि स्वस्थ

इरानः ११ हजार ३६५ संक्रमित, ५१४ को मृत्यु

दक्षिण कोरियाः ८ हजार ८६ संक्रमित, ७२ को मृत्यु

अमेरिकाः २ हजार ३२९ संक्रमित, ५० को मृत्यु

जापानः ७३८ संक्रमित, २१ को मृत्यु

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन सार्वजनिक गर्‍यो १५ सुझाव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .