ad ad

खेल


कोरोना महामारी : फुटबलर किरण स्वदेश फर्किने, रोहित तत्काल नआउने

कोरोना महामारी : फुटबलर किरण स्वदेश फर्किने, रोहित तत्काल नआउने

लक्ष्मी जि.सी
चैत ७, २०७६ शुक्रबार १०:५,

विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएपछि विश्व खेलकुद नै अस्तव्यस्त बनेको छ। च्याम्पियन्स लिगसहित युरोपका शीर्ष फुटबल लिगहरु स्थगित भएका छन्।

युरो कप अर्को वर्षका लागि सरिसकेको छ। नेपालमा कोरोना भाइरसको सक्रमण नदेखिए पनि सतर्कताका लागि भन्दै सबै खेल गतिविधि बन्द भएपछि स्वदेशमा रहेका खेलाडीहरु समेत फुर्सदमा छन्।

तर विदेशी लिग खेल्न गएका नेपाली फुटबलरको भने स्वदेश फर्किने नफर्किने अझै टुंगो लागेको छैन। राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङ अहिले भारतमा छन्। उनी पन्जाब एफसीमा आबद्ध छन्। राष्ट्रिय टोलीका अर्का महत्वपूर्ण सदस्य रोहित चन्द इन्डोनेसियामा पर्सिजा जाकार्ताबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्।

कोरोनाको त्रासका कारण आइलिग सकिसकेको छ। यो सिजन किरण सम्मिलित पञ्जाबले तेस्रो स्थानमा रहेर आइलिग सकाएको हो। लिगमा पञ्जाबले ४ खेल खेल्न बाँकी छँदै कोरोना भाइरसको त्रासका कारण आइलिग त्यही टुंग्याइएको छ। लिग रोकिनुअघि नै मोहन बगानले लिग जितिसकेको थियो।

rohit chand

‘कोरोनाको कारण लिग सकिसकेको छ, यहाँका स्थानीय खेलाडीहरु घर फर्किसके’, नेपालखबरसँग किरणले भने, ‘हामी विदेशी खेलाडीहरु मात्र बाँकी छौँ। क्लबले केही समय बस्नका लागि आग्रह गरेपछि बसेका हौँ।’

जताततै कोरोनाको संक्रमण र त्रास बढेपपछि मानसिक रुपमा पनि असर पर्ने किरणको अनुभव छ।

‘केही सोच्न सकेको छैन, कहिले घर पुगौँ भइरहेको छ। खेल नभएपछि काम पनि केही छैन’, उनले भने, ‘आफैँ सेल्फ ट्रेनिङ गर्छु, बस्छु। क्लबसँगको सम्झौता मे महिनासम्मको हो बाँकी खेल रद्द भइसक्यो, त्यसैले घर फर्कनका लागि क्लबलाई भनेको छु।’

इन्डोनेसियामा रहेकका रोहित भने तत्काल स्वदेश फर्किनेछैनन्। रोहितका दाजु रविनले नेपालखबरसँग भने, ‘अहिले कोरोनाको कारण लिग रोकिएको छ तर क्लबले केही निर्णय भने दिएको छैन। त्यसैले रोहित अहिले आउने नआउने केही निर्णय गरेका छैनौँ।’

क्लबले नै खेलाडीलाई सुरक्षित राख्ने बताएको रबिनले रोहितलाई उद्धत गर्दै जानकारी दिए।

‘इन्डोनेसिया सरकारको अनुमतिपछि मात्र यात्रा गर्न पाइने अवस्था छ’, रविनले भने, ‘क्लबले नै खेलाडीको व्यवस्थापन गर्नेछ। यो अवस्थामा नेपाल आउन गाह्रो छ। तत्कालका लागि फर्किनेछैनन्। अपार्टमेन्टमा बसेका छन् । एक प्रकारले सेल्फ आइसोलेसनमा बसे जस्तै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .