ad ad

खेल


खेलाडीको भिडियो सन्देश: यो कोरोनाविरुद्ध गोल गर्ने समय हो

खेलाडीको भिडियो सन्देश: यो कोरोनाविरुद्ध गोल गर्ने समय हो

लक्ष्मी जि.सी
चैत ९, २०७६ आइतबार ८:३४,

कोराना भाइरस (कोभिड १९) ले अहिले विश्वमा महामारीको रुप लिएको छ। विश्वका धेरै देशमा यसको संक्रमण फैलिसकेको छ। १३ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारले आइतबारदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। कोरोका भाइरसका कारण नेपालसहित विश्वमा खेलकुदका गतिविधि बन्द छन्।

यसैबीच राष्ट्रिय टोलीका खेलाडीहरुले सामाजिक सञ्जालबाट भिडियो सन्देश जारी गर्दै सुरक्षित रहन आग्रह गरेका छन्। 

भिडियो सन्देश:

आइतबार सामाजिक सञ्जालमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का भिडियो सन्देश राख्दै भनेका छन्,‘अहिले सहज समय होइन। यो परिस्थितिमा सबै जना घरमा बसेर, अत्यावश्यक बाहेक घर बाहिर नगइकन,सरकार र सम्बन्धित निकायलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।’

‘सबैले आ आफ्नो ठाँउबाट जिम्मेवारी लिने हो भने आगामी दिनमा यो परिस्थितिबाट अगाडि बढ्न सजिलो हुनेछ’, उनले भनेका छन्।

यस्तै राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले भनेकी छिन्, ‘यो समय कोरोना भाइरसविरुद्द गोल गर्ने समय भएकोले सबै मिलेर अघि बढ्न आग्रह गर्दछु।’ 

उनले भनेकी छिन्, ‘कोराना भाइरसको महामारीले विश्वमा आइपरेको समस्याले एक पटक सबैलाई सोच्न बाध्य बनाएको छ। यसले विश्वमा सयौं मानिसहरुको मृत्यु भइसकेको छ। नेपाल पनि उच्च जोखिममा रहेको विषयलाई मध्यनजर गर्दै सावधानी अपनाउनका लागि सरकारले आग्रह गरेको छ। हामी सबैले सरकारको निर्णयको पालना गरौं। आधिकारिक निकायको सुचनामा मात्र विश्वास गरौं। अनावश्यक हल्लाको पछाडि लागेर आतंकित नबनौं। सबैले आफ्नो र परिवारको ख्याल गरौं। पटक पटक हात धोऔं।’

भिडियो सन्देश:

ओलम्पियन दिपक विष्ट, राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले पनि सामाजिक सञ्जालमार्फत सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .