ad ad

खेल


च्याम्पियन्स लिग फुटबलमा आज राति बार्सिलोना र बायर्न म्युनिख भिड्दै

च्याम्पियन्स लिग फुटबलमा आज राति बार्सिलोना र बायर्न म्युनिख भिड्दै

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ११:१०,

युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइलनमा शुक्रबार राति बार्सिलोना र बायर्न म्युनिख भिड्दै छन्। पोर्चुगलको लिस्बोनमा हुने खेल मध्यराति पौने १ बजे सुरु हुनेछ।

बार्सा र बार्यन दुवैले समान ५ पटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन्। बार्सा र बार्यन दुवै टोलीले च्याम्पियन्स लिगमा १८ पटक क्वार्टरफाइनलमा स्थान बनाएका छन्। यी २ टोली २०१५ पछि आमनेसामने हुन लागेका हुन्।

सन् १०१५ मा बार्साले बायर्नलाई निराश बनाएको थियो। पहिलो लेगमा ३–२ ले पछि परेको बार्साले घरेलु मैदानमा ३–० को जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको थियो।

यो सिजन क्वार्टरफाइनलबाट पहिलेजस्तो अर्को खेलमा पुनरागमन गर्ने अवसर हुने छैन। कोरोनाका कारण तालिका प्रभावित भएपछि खेल नकआउटमा खेलाइएको छ।

यो सिजन बायर्न म्युनिख उत्कृष्ट लयमा छ। घरेलु लिग बुण्डेस लिगाको बिजेता बायर्न चेल्सीलाई फराकिलो अन्तरमा पराजित गर्दै क्वार्टर फाइलन प्रवेश गरेको हो। बायर्नले चेल्सीलाई समग्रमा ७–१ ले पराजित ग¥यो। समूचरणबाटै बायर्न सतप्रतिशत जितका साथ अगाडि बढेको छ। पोल्याण्डका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले लिगमा सर्वाधिक १३ गोल गरिसकेका छन् ।

यता बायर्नको तुलनामा बार्सिलोना यो सिजन कमजोर देखिएको छ। घरेलु लिग गुमाएको बार्साले कोपा डेल रे पनि जित्न सकेन। उसका प्रमुख हतियार लियो मेस्सी च्याम्पियन्स लिगको सर्वाधिक १० गोलकर्ताभित्र पनि पर्न सकेका छैनन्।

तर टोलीलाई क्वार्टर फाइनलमा ल्याउन नापोलिविरुद्ध उनले एक गोल गर्दै उत्कृष्ठ प्रदर्शन गरेका थिए। बार्साले अन्तिम १६ मा नापोलीलाई ४–२ ले पराजित गरेको थियो ।

यता बार्सामा बायर्नविरुद्ध उत्रिन युवा फरवार्ड उसमान डेम्बेले टिममा फर्किएका छन्। मांसपेसीको चोटका कारण डेम्बेले गत नोभेम्बरदेखि टिम बाहिर थिए। उनी पनि टोलीसँगै पोर्चुगल पुगेका छन्। तर यो मिडफिल्डर आर्थुर मेलो मार्सिलोनाको टिममा रहने छैनन्। आफ्नो इच्छाविपरीत युभेन्टसलाई बेचेको भन्दै असन्तुष्ट रहेका उनी स्पेन फर्किएका छैनन्।

विजेताले म्यानचेष्टर सिटी र लियोनबीचको विजेतासँग सेमिफाइनलमा भिड्नेछ। पेरिस सेन्ट जर्मन र आरबी लिप्जिग सेमिफाइनल प्रवेश गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .