ad ad

खेल


इङ्लिस प्रिमियर लिगमा चेल्सी र वुल्भ्सको विजय सुरुवात

इङ्लिस प्रिमियर लिगमा चेल्सी र वुल्भ्सको विजय सुरुवात

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ४:१४,

इङ्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सी र वुल्भ्सले विजय सुरुवात गरेका छन्।

लिगको पहिलो खेलमा चेल्सीले ब्राइटनलाइ ३–१ अन्तरले हराउँदै सहज जित हात पारेको हो।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि कप्तान जर्गिन्हो, रिस जेम्स र कर्ट जोउमाले समान एक गोल गरे। गएराति भएको खेलमा चेल्सीले खेलको २३औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो।

खेलको ५४औं मिनेटमा ब्राइटनका लियान्द्रो ट्रोसार्डले बराबरी गोल फर्काए। तर त्यसको २ मिनेटमा नै चेल्सीका रिस जेम्सले गोल गर्दै टोललिाइ २–१ को अग्रता दिलाए। ६६औं मिनेटमा जोउमाले गोल गर्दै टोलीको जित निश्चित पारे।

गएराति नै भएको अर्को खेलमा वल्भ्सले सेफिल्ड युनाइटेडलाइ २–० ले पराजित गरेको छ।

chelsi

सेल्फिडको घरेलु मैदानमा भएको खेलमा राउल जिमिनेज र रोमेन सइसले गोल गरे। सहज जित हात पार्ने क्रममा वुल्भसले खेलको ६ मिनेटभित्रै २ गोल गरेको थियो। खेलको तेस्रो मिनेटमा नै वल्भ्सले राउल जिमिनेजको गोलमा अग्रता लिएको थियो। रोमेन सइसले गोल गर्दै वुल्भ्सले अग्रता दोब्बर बनायो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .