ad ad

खेल


अन्तिम ओभरमा ३ छक्का प्रहार गर्दै अक्षरले दिल्लीलाई पुर्याए शीर्षमा, धवनको शतक

अन्तिम ओभरमा ३ छक्का प्रहार गर्दै अक्षरले दिल्लीलाई पुर्याए शीर्षमा, धवनको शतक

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ०:१९,

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत शनिबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ।

चेन्नाईले दिएको १८० रनको लक्ष्य क्रममा अन्तिम ओभरमा अक्षर पटेलले तीन छक्का प्रहार गरेपछि अन्तिम बल बाँकी छदै दिल्लीले भेट्टायो।

अक्षरले ५ बलमा २१ रन प्रहार गरे। त्यसअघि लयमा रहेका शिखर धवनले ५८ बलमा १०१ रनको पारी खेले।

जितसँगै दिल्ली क्यापिटल्स पुनः शीर्ष स्थानमा उक्लिएको छ। ९ खेलमध्ये ७ खेलमा जित हात पारेको दिल्लीको १४ अंक छ। दोस्रो स्थानमा रहेको मुम्बईको १२ अंक छ।

यता छैटौं हार ब्यहोरेको चेन्नाई ६ अंकका साथ छैटौं स्थानमा छ।

दिल्लीले पहिले विकेटका रुपमा पृथ्वी शालाई शुन्यमै गुमाएको थियो। यस्तै अजिंक्ये रहाने पनि ८ रनमा पवेलियन फर्किए।

कप्तान श्रेयस ऐय्यर(२३)का साथ शिखर धवनले ६८ रनको साझेदारी गर्दै पारी अघि बढाए। त्यसपछि धवन र मार्कस स्टोइनसको जोडीले पारी अघि बढाए। मार्कसले २४ रन बनाए।

अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन आवश्यक थियो। अक्षर पटेलले रवीन्द्र जडेजाको उक्त ओभरको दोस्रो र तेस्रो बलमा लगातार दुई छक्का प्रहार गरे र अन्तिम बल बाँकी रहँदा विजयी छक्का प्रहार गरे।

धवनले तीन पटक जीवनदान पाए। शतकीय पारीमा उनले १४ चौका र एक छक्का प्रहार गरे। धवनको क्याच दीपक चाहर, महेन्द्रसिंह धोनी, अम्बाती राइडुले छोडेका थिए।

त्यसअघि फाफ डुप्लेसिसले ५८ रनको अर्धतशीय पारी खेलेपछि चेन्नाईले ४ विकेट गुमाएर १७९ रन बनाएको थियो।

चेन्नाईका ब्याट्सम्यानले अन्तिम ५ ओभरमा ६७ रन जोडेका थिए। रवीन्द्र जडेजाले १३ बलमा चार छक्कासहित ३३ तथा २५ बलमा राइडुले चार छक्का र एक चौकासहित ४५ रन बनाए।

दुबैले २१ बलमा ५० रनको साझेदारी गरेका थिए। त्यसअघि डुप्लेसिसले शेन वाटसन(३६)सँग ८७ रनको साझेदारी गर्दै पारी अघि बढाएका थिए।

कप्तान धोनी एकपटक फेरि रन बनाउँन असफल भए। उनले पाँच बलमा तीन रनमात्रै बनाउाँन सके।

जडेजा र राइडूले अन्तिम ओभरमा ठूला सट लगाएर धोनीको कमी महसुस हुन दिएनन। अन्तिम दुई ओभरमा दुवैले १६–१६ रन बटुलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .