ad ad

राजनीति


राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा

राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ०:१८,

कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा ओम अस्पतालको आईसीयूमा भर्ना भएका छन्।

टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री थापालाई आईसीयू कक्षमा भर्ना गरिएकाे ओम अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको हो।

उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिस्ट डा. सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा. प्रमेश सुन्दर श्रेष्ठलगायत रहेको चिकित्सक टोली संलग्न रहेको अस्पतालले जनाएको छ।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बताएका छन्। 

अध्यक्ष थापालाई गत बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो।

हेर्नुहाेस्, अध्यक्ष थापा उपचाररत ओम अस्पतालले जारी गरेकाे विज्ञप्ति-

kamalbigepti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .