ad ad

खेल


सिराजको धारिलो बलिङसामु धरासायी कोलकत्ता, बैंग्लोरको सानदार जित

सिराजको धारिलो बलिङसामु धरासायी कोलकत्ता, बैंग्लोरको सानदार जित

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार २:४,

मोहम्मद सिराजले सानदार बलिङ प्रदर्शन गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकोत्ता नाइट राइडर्समाथि ८ विकेटको सानदारी जित हात पारेको छ।

इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा कोलकत्ताले ८४ रनमै रोक्न सिराजले ४ ओभरमा २ मेडन राख्दै ८ रनमात्रै खर्चिएर ३ विकेट लिए।

सिरिजले कोलकत्ताको शीर्षक्रम ध्वस्त पारेका थिए। राहुल त्रिपाठी(१), नितेश राना(०) र टोम बेन्टोम(१०)लाई सिराजले पवेलियन फर्काए।

कोलकत्ताका सर्वाधिक स्कोरर इयोन मार्गन(३०) रहे। ३४ बलमा उनले ३ चौका र एक छक्का प्रहार गरे। यस्तै लोक्की फर्गुनसनले १९ र कुलदीप यादवले १२ रन बनाए।

सिराजसँगै यूजभेन्द्र चाहालले ४ ओभर १५ रन खर्चेर दुई तथा नवदीप सैनी र वासिंन्टन सुन्दरले एक एक विकेट लिए।

जवाफमा बैंग्लोरले १३.३ ओभरमै लक्ष्य भेटायो। उसको दीपक पाडीक्कले २५, गुरक्रित सिंहले २१, विराट कोहलीले १८ र आरोन फिन्चले १६ रन बनाए।

बैंग्लोरको सातौं जित हो। १० खेलमा १४ अंकसहित बैंग्लोर दोस्रो स्थानमा छ। कोलकोत्ता भने १० अंकसहित चौथो स्थानमा छ। उसले १० खेलमा ५ मा जित र ५ मा हार ब्यहोरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .