ad ad

खेल


कपीलमार्फत सार्वजनिक गर्लान त रैनाले आइपीएल छाड्नुको कारण?

कपीलमार्फत सार्वजनिक गर्लान त रैनाले आइपीएल छाड्नुको कारण?

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ६:२७,

इण्डियन प्रिमियर लिग (आइपीएल) छाडेर स्वदेश फर्केका चेन्नाई सुपर किंग्सका महत्वपुर्ण खेलाडी सुरेश रैना कपिल शर्मा शो मा देखिदैछन्।

आइपीएल २०२० का लागि संयुक्त अरब इमिरेन्ट्स (युएईं) समेत पुगेका उनी व्यक्तिगत कारण भारत फर्केका थिए। त्यसयता चेन्नाईको खेल हेरेर उनले ट्वीटरमा प्रतिक्रिया दिने गर्थे।

यसमा उनका अधिंकाश प्रशंसकले यदी तपाइ टिममा भएको भए खेल जित्थ्यो लगायतका कमेन्ट गर्ने गरेका छन्।

चेन्नाई १२ खेलमा ४ मा जित र ८ मा हार व्यहोर्दै अंक तालिकाको पुछारमा छ। आइपीएलको इतिहासमा चेन्नाइ पहिलो पटक प्लेअफबाट बाहिर रहेको हो।

No description available.

रैनासँगै चेन्नाईका स्पिनर हरभजन सिंह पनि यो संस्करण आइपीएलबाट बाहिरै रहे। दुबैले आइपीएलबाट बाहिर रहनुमा व्यक्तीगत कारण बताउँदै आएका छन्।

यसैबीच रैनाले ट्वीटरमा ४ वटा फोटो सार्वजनिक गरेका छन्। जसमा उनी आफ्नी श्रीमतीको साथमा कपिल शर्मा शो मा पुगेका छन्। कपिल शर्मा शो मा पुगेका रैनाले ट्वीटरमा क्याप्सन लेखेका छन्, ‘यो एउटा एकदम राम्रो शो हो, कपिल पनि राम्रो होस्ट हुन् र उनको टिम महान छ। यसको लागि धन्यवाद।’

रैनाको यो पोष्टपछि उनका प्रशसंकहरु यो एपिसोड हेर्न निकै उत्सुक छन्। यो एपिसोड अर्को हप्ता प्रसारण हुनेछ। शो मा उनले आइपीएल छाडेर फर्कनुको बारेमा बताउने छन् की छैनन् त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .