नेपाल रग्बी संघलाई विश्व रग्बी महासंघले सदस्यता प्रदान गरेको छ।
विश्व रग्बी महासंघको बुधबार सम्पन्न बैठकले नेपाललाई एसोसिएट सदस्यता दिने निर्णय गरेको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए।
नेपालमा सन् २०१२ मा रग्बी संघ स्थापना भएको हो। संघ स्थापनाको ६ वर्षपछि नेपाललाई सन् २०१८ मा एशिया रग्बी महासंघले पुरक सदस्यता प्रदान गरेको थियो।
नेपाल रग्बी संघका अध्यक्ष घिसिङले विश्व रग्बी महासंघको सदस्यता पाउनु नेपालले रग्बी खेलको विकासका लागि गरेको मेहनतको फल भएको बताए।
अध्यक्ष घिसिङले आज विज्ञप्ति जारी गर्दै विश्व रग्बी महासंघले सुम्पेको जिम्मेवारी निर्वाह गर्न नेपाल तयार रहेको बताए।
एशिया रग्बी महासंघको सिफारिसमा नेपाललाई एसोसिएट राष्ट्रको मान्यता प्रदान गरिएको हो।
गत भदौमा एशिया रग्बी महासंघले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बी महासंघलाई पत्राचार गरेको थियो। रासस
Shares
प्रतिक्रिया