ad ad

खेल


प्रख्यात अर्जेन्टिनी फुटबल खेलाडी म्याराडोनाको हृदयाघातका कारण मृत्यु

प्रख्यात अर्जेन्टिनी फुटबल खेलाडी म्याराडोनाको हृदयाघातका कारण मृत्यु

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १६:३९,

विश्वकै सर्वकालिक महान् फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको छ।

पूर्व अर्जेन्टिनी आक्रामक मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृदयाघातका कारण निधन भएको हो।

उनी यसअघि पनि मस्तिष्कसम्बन्धी समस्याबाट बिरामी थिए। दुई हप्ताअघि मात्रै म्याराडोना मस्तिष्कमा ब्लट क्लट सर्जरीपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।

विश्वका एक महान खेलाडी म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो। उनले खेल जीवनमा शृंखलावद्ध रुपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

Diego Maradona's two goals against England at the 1986 World Cup

आफ्नो फुटबल क्लब करिअरमा उनले बार्सिलोना र नेपोलीबाट खेले। नेपोलीबाट उनले दुई सिरी एको उपाधि समेत जितेका थिए।

सन् १९६० अक्टोबर ३०मा उनको जन्म भएको थियो।

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गोल गरेका छन। अर्जेन्टिनाबाट उनले चारवटा विश्वकप खेलेका थिए।

सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिनालाई उनले फाइनलसम्म पुर्याएका थिए। तर उक्त विश्वकपमा तत्कालिन वेष्ट जर्मनीसँग फाइनलमा पराजित हुँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्न चुक्यो।

फुटबल जीवनको दोस्रो हाफमा भने म्याराडोना लागुऔषध प्रयोग गर्न थालेका थिए। १९९१ मा उनलाई लागुऔषध प्रयोग गरेकै कारण १५ महिना प्रतिबन्ध लगाइएको थियो।

Diego Maradona

उनले ३७ वर्षको उमेरमा १९९७ मा व्यवसायिक फुटबलबाट सन्न्यास घोषणा गरेका हुन्। 

२००८ मा म्याराडोना अर्जेन्टिनी टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। तर २०१० को विश्वकप पछि भने उनले उक्त पद छाडे। अर्जेन्टिना उक्त विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .