मेस्सीसँगकै विवादका कारण यसअघिका क्लब प्रमुख जोसेप मारियो बार्टेमाउले बार्सिलोना प्रमुखको पद छाड्नु परेको थियो।
हाल क्लबको प्रमुख पदको उम्मेदवार रहेको इमिलीले क्लब प्रमुख बन्न अगाडि नै मेस्सीले क्लब छाड्नुपर्ने अवस्था आउनसक्ने बताएका हुन्।
कोरोना महामारीका कारण क्लबको आर्थिक अवस्था नाजुक बनेको र खेलाडीहरुले तलब कटौतीको प्रावधानलाई मान्नु पर्ने उनको भनाइ छ।
मेस्सीले पनि यो प्रावधान मान्नुपर्ने नभए उनले क्लब छाड्नुपर्ने उनको भनाइ रहेको छ।
यसै सिजनदेखि मेस्सी क्लब छाड्न चाहन्थे तर सम्झौता नयाँ सिजनसम्म बाँकी रहेकाले मेस्सी अहिले बार्सामा छन्।
आगामी सिजन मेस्सीले बार्सा छाड्ने अनुमान गरिएको छ। तर बार्सिलोनाका समर्थकहरु मेस्सीले बार्सा छाड्न हुँदैन भन्ने पक्षमा छन्।
यसअघि मेस्सीको समर्थन गर्दै समर्थकहरुले बार्टेमेउको राजीनामाको माग गरेपछि उनी क्लब छाड्न बाध्य भएका थिए।
हाल इमिलीको अभिव्यक्तिले पनि मेस्सीका समर्थक उनीसँग रुष्ट बनेका छन्। मार्का
Shares
प्रतिक्रिया