ad ad

खेल


प्रदेश १ द्वारा त्रिभुवन आर्मीलाई जितका लागि १३२ रनको लक्ष्य प्रस्तुत

प्रदेश १ द्वारा त्रिभुवन आर्मीलाई जितका लागि १३२ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
माघ ७, २०७७ बुधबार ६:१७,

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले त्रिभुवन आर्मीलाई १ सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ४१ दशमलव १ ओभरमा १ सय ३१ रन जोड्दा अलआउट भयो।

प्रदेश १ का लागि सम्मानजनक योगफल तयार पार्न विवेक मेहताले अर्धशकिय पारी खेले। ८३ बलको सामना गरेका मेहताले १ छक्का र ७ चौका मद्दतमा ५० रन जोड्दा साहब आलमको बलमा क्याच आउट हुन पुगे।

फिर्दोस अन्सारीले ३२ रनको योगदान दिए। दिपक पास्वानले १९, दिपेश कँडेलले ११ रन जोडे। ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन नसक्दा ज्ञानेन्द्र श्रेष्ठ शुन्य रनमा नटआउट रहे।

प्रदेश १ लाई कम स्कोरमा रोक्न आर्मीका साहव आलम एक्लैले ४ विकेट लिए। ९ दशमलव १ ओभर बलिङ गरेका आलमले ३ मेडन राख्दै जम्मा २३ रन खर्चे।

७ ओभर बलिङ गरेका आकाश चन्दले ३ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट झारे। सुसन भारी, भिम सार्की र राजेश पुलामीले समान १ विकेट लिए। भारीले ९ ओभरमा ३ मेडन राख्दै जम्मा १५ रन खर्चे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .