ad ad

खेल


टी-१० लिगमा सोमपालको डेब्यू, पहिलो खेलमा महँगा

टी-१० लिगमा सोमपालको डेब्यू, पहिलो खेलमा महँगा

नेपालखबर
माघ १५, २०७७ बिहिबार १३:६,

यूएईमा आजबाट सुरु भएको अबुधाबी टी-१० लिगमा नेपाली तीव्र गतीका बलर सोमपाल कामीले डेब्यू गरेका छन। 

डेब्यू खेलमा भने सोमपाल महँगा सावित भए। मराठा अरेबियन्सबाट खेलिरहेका सोमपालले नर्थन वारियर्सविरुद्ध २ ओभरमा २८ रन खर्चेका हुन। 

मराठाबाट सोमपालले पहिलो र अन्तिम ओभर बलिङ गरेका थिए। नेपालबाट पनि सोमपाल पहिलो ओभर बलिङ लिएर आउने गर्छन। 

नर्थनले १० ओभरमा २ विकेट गुमाएर १२७ रन बनाएको छ। केहीबेरमा मराठा जवाफी ब्याटिङमा आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .