ad ad

खेल


खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : काशी नोबल र होराइजन विजयी

खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट : काशी नोबल र होराइजन विजयी

प्रकाश न्यौपाने
माघ १५, २०७७ बिहिबार १४:२७,

भैरहवामा जारी तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार काशी नोबल एकेडेमीले साई ग्लोबल एकेडेमीलाई ४ विकेट तथा न्यू होराइजनले पोखरा क्रिकेट एकेडेमीलाई २० रनले पराजित गरेको छ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल निर्धारित २५ ओभरमा २४ ओभर खेल्दै अलआउट भई ११६ रनको योगफल बनाएको थियो। उसका लागि शैलेन्द्र यादवले २२ र सचिन अर्यालले १६ रन बनाए। बलिङमा काशीका सन्तोष यादवले ३ र सेजद आलमले २ विकेट लिए।

जवाफी ब्याटिङ गरेको काशीले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा ११७ रन बनाई लक्ष पूरा गर्यो। उसका लागि मंदीप खत्रीले २५, सन्तोष अधिकारीले १८ र सन्देश जिसीले १३ रन बनाए। बलिङमा साई ग्लोबलका कम्रोन खाँन र सचिन अर्यालले २-२ विकेट लिए। सन्तोष यादव म्यान अफ द म्याच भए।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको न्यू होरोइजनले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा १३६ रन बनायो। जसमा अजाजुल हकले ४१ र अनिल थापाले ३६ रन बनाए। बलिङमा पोखराका रोशन न्यौपानेले र प्रमोद बास्तोलाले ३-३ विकेट लिए।

जवाफमा पोखरा ५ विकेट गुमाई ११६ रनमै समेटियो। उसका लागि रोशन न्यौपानेले ५३ र सोहेल कुँवरले २३ रन बनाए। बलिङमा होराइजनका मोहम्मद समिरले २ तथा निश्चल पराजुलीले १ विकेट लिए। खेलमा अजाजुल हक म्यान अफ द म्याच भए।

शुक्रबार साइ ग्लोबल र स्टार क्रिकेट एकेडेमी तथा ओषिस क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुने छ।

८ टीम सहभागी प्रतियोगितामा विजेता टिमले २० हजार रुपैयाँ, उपविजेताले १० हजार र ट्रफी प्राप्त गर्ने छन् भने बेष्ट ब्याट्सम्यान, बलर, उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ। प्रतियोगिता पूर्व राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा भएको छ। शक्तिले आफ्ना बुवाको स्मृतिमा विगत तीन वर्षदेखि क्रिकेट प्रतियोगिता गराउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .