ad ad

खेल


नेपाल र कतारबीचको टी–२० आई सिरिज नहुने

नेपाल र कतारबीचको टी–२० आई सिरिज नहुने

नेपालखबर
माघ १९, २०७७ सोमबार ६:४२,

नेपाल र कतारबीच हुने भनिएको ३ खेलको टी–२० आई सिरिज नहुने भएको छ।

कतार क्रिकेट एसोसिएसनले कतार स्पोट्र्स डेको अवसरमा फेब्रुअरी दोस्रो सातामा हुने सिरिजका लागि नेपाली टोलीलाई निम्ता दिएको थियो।

कतार सरकारले कोरोना संक्रमण रोक्न अवलम्बन गरेका स्वास्थ्य सुरक्षासम्बन्धी नियमलाई कारण देखाउँदै खेल हुन नसक्ने कतार क्रिकेट एसोसिएसनले नेपाल क्रिकेट संघ (क्यान)लाई जानकारी गराइसकेको छ।

एसोसिएसनले आइतबार क्यानलाई मेल पठाएको क्यानले बताएको छ। 

नेपालले फेब्रअरी ९ मा पहिलो, १० मा दोस्रो र १२ तारिखमा तेस्रो खेल खेल्ने तालिका थियो।

क्यानले सिरिजकै लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको थियो। सिरिजकै लागि क्यानले आजदेखि बन्द प्रशिक्षणमा समेत खेलाडीलाई बोलाएको थियो।

May be an image of text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .