ad ad

खेल


महिला लिग फुटबलमा आर्मीसँग विराटनगर ७–० गोल अन्तरले पराजित

महिला लिग फुटबलमा आर्मीसँग विराटनगर ७–० गोल अन्तरले पराजित

नेपालखबर
माघ १९, २०७७ सोमबार ८:६,

त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगमा विराटनगर नगरपालिकालाई पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको मैदानमा सोमबार भएको खेलमा आर्मी फुटबल क्लबले विराटनगर नगपालिकालाई ७–० को फराकिलो अन्तरले पाखा लगाएको हो।

खेलको २९औं मिनेटमा रश्मी घिसिङले पेनाल्टी चुकाउदा आर्मी अग्रता लिनबाट चुक्न पुग्यो। सरिता शेर्पाले पेनाल्टी बक्समा बिमला चौधरीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रश्मीको फितलो प्रहार गोलरक्षक तथा कप्तान कल्पना कार्कीले सहजै बचाइन्।

आर्मीले खेलको ३६औँ मिनेटमा बिमला चौधरीको गोलमा अग्रता लिएको थियो। ४५औँ मिनेटमा शर्मिला थापाले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन्।

बिमला चौधरीको हेडर प्रयासमा पूर्णिमा कुमारीले क्लियर गर्न नसकेको बललाई शर्मिलाले नियन्त्रणमा लिँदै गोल गर्न सफल भइन्। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। उनले हुफमुलका बीचमा गोल गरिन्।

५७औँ मिनेटमा आशा कुमारीको फ्रिकिक क्रसबारमा लागेर फर्किँदा विराटनगर गोल अन्तर कम गर्नबाट चुक्न पुग्यो।

६१औं मिनेटमा शर्मिला थापाले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनले सपना लामाको पासमा गोल गरेकी थिइन्। ६७औं मिनेटमा रश्मी घिसिङले पेनाल्टीमा गोल गर्दै आर्मीलाई ५–० ले अघि बढाइन्।

सपना लामाको क्रसलाई पुर्णिमा कुमारीले ह्यान्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिएको थियो।

७१औं मिनेटमा फ्रिकिकबाट आएको बललाई बिमला बिकले हुलमुलमा गोल गर्न सफल भएकी थिइन् । ८४औं मिनेटमा दीपा राईको पासमा बिमला चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ७–० को फराकिलो जित दिलाईन्। खेलको प्लेयर अफ दि म्याच शर्मिला थापा बनिन्।

जितसँगै आर्मी फुटबल क्लवले विराटनगरसँगको दुरी ३ अंकले बढाएको छ। पराजित विराटनगर ७ अंकमा तेस्रो स्थानमा यथावत छ। दोस्रो स्थानको आर्मीको १० अंक छ। आर्मीले ३ खेलमा जित १ मा हार र १ मा बराबरी गरेको छ।

समान खेलबाट विराटनगरले २ मा जित १ मा बराबरी र १ मा हार भोगेको छ।

लिगमा आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको नेपाल एपीएफ क्लव र पुछारको चौदण्डीगढी नगरपालिका खेल्नेछन्। खेल, सोही मैदानमा दिउँसो साढे २ बजे हुनेछ।

लिगमा अपराजित एपीएफ १५ अंकमा शीर्ष स्थानमा छ। पुछारको चौदण्डीगढी अंकविहीन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .