हालै फाउन्डेसनले देशविदेशबाट रकम संकलन गरी चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला ११ करोड ऋणमा रहेको खबर पत्रकार सम्मेलनका क्रममा जनाएको थियो।
यस क्रममा चैत्र १० गते पश्चिमको कन्चनपुरबाट यस आर्थिक सहयोग संकलन अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिएका छन्।
यस अभियानमा सहभागी हुने टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरेका थिए।
सिताराम कट्टेल सो क्रममा भावुक बनेका थिए। उनले सबैले सहयोग गरे रंगशाला चाँडै बन्ने बताएका छन्।
रंगशाला निर्माण गर्दा फाउन्डेसन ऋणमा रहेको विषय सार्वजनिक भएपछि यसअघि साधारण सेयर ‘आइपीओ’ जारी गरेर रंगशाला बनाउनुपर्ने कुरा सामाजिक सञ्जालमा उठेको थियो।
त्यसपछि फाउन्डेसनका प्रमुख सीताराम कट्टेलले आइपीओलाई जनस्तरबाट बनिरहेको रंगशाला निर्माणमा जोड्न नसकिने जवाफ दिएका थिए। उनले आफ्नो फाउन्डेसन गैर नाफामूलक संस्था भएकाले आइपीओ जारी गर्न नसकिने बताएका थिए।
पछिल्लो समय यस फाउन्डेसनले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान संचालन गरेको छ। यस अभियान रंगशालाका लागि आर्थिक रकम जुटाउने अभियान हो।
अभियान अन्तर्गत आफ्नो नाम कुर्सीमा लेखाउने भए एक कुर्सी बराबर एक लाख रुपैयाँ सहयोग गर्नुपर्छ।
(भिडिओ)
प्रतिक्रिया