यसपटक सर्वोत्कृष्ट अभिनेत्रीको रुपमा कंगणा रणावत घोषित भएकी छिन्।
कंगनालाई चलचित्र ‘मणिकर्णिका र पंगा’ चलचित्रको लागि यो पुरस्कार दिइएको हो।
साथै सर्वोत्कृष्ट अभिनेताको रुपमा मनोज बाजपिय र अभिनेता धनुष संयुक्त रुपमा घोषित भएका छन्। बाजपियले ‘भोसले’ र धनुषले तामिल ‘असुरान’ चलचित्रको लागि पुरस्कार पाएका हुन्।
यस्तै गतवर्ष आत्महत्या गर्ने अभिनेता सुशान्त सिंह राजपुत अभिनित चलचित्र ‘छिछोरे’ले यसवर्ष उत्कृष्ट भारतीय चलचित्रको उपाधि हात पारेको छ।
गतवर्षको मे महिनामा घोषणा हुने भनिएको यस चलचित्र पुरस्कार कोरोनाका कारण स्थगित भएको थियो। बीबीसीहिन्दी
3
Shares
प्रतिक्रिया