नेपाली लेग स्पिनर सन्दीप लामिछाने बेलायतमा हुने भाइटालिटी टी२० ब्लास्ट क्रिकेट प्रतियोगिताका लागि वर्सेस्टरसाइरसँग अनुबन्धित भएका छन्।
वर्सेस्टरसाइरले यसको पुष्टि गरेको छ। लामिछानेले सन् २०१८ मा १७ वर्षकै उमेरमा दिल्ली क्यापिटल्स (दिल्ली डेयरडेभिल्स)मा इन्डियन प्रिमियर लिग खेलेका थिए।
त्यसयता उनले विश्वका विभिन्न देशमा लिग खेलिसकेका छन्। पाकिस्तान, बंगलादेश, अस्ट्रेलियालगायतका देशमा भएका लिग खेलिसकेका छन्।
वर्सेस्टरसाइरमा लाहोर क्वालान्दरमा पाकिस्तान सुपर लिग खेलेका ब्याट्सम्यान रिकी वेसेल्ससँगै लामिछानेले खेल्ने भएका हुन्। लामिछानेको उक्त क्लबका प्रशिक्षक एलेक्स गिडम्यानले समेत प्रशंसा गरेका छन्।
यो प्रतियोगिता आगामी जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुनेछ।
3
Shares
प्रतिक्रिया