नेपाल र किर्गिजस्तानबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
काठमाडौंमा जारी तीनदेशीय प्रतियोगिताअन्तर्गत आज नेपाल र किर्गिस्तान भिडिरहेका हुन्। खेल दशरथ रंगशालामा भइरहेको छ।
चैत १६ गतेसम्म चल्ने प्रतियोगिता १० गतेदेखि सुरु भएको थियो। प्रतियोगिताको उद्घाटन खेलमा गत मंगलबार बंगलादेशले किर्गिजस्तानविरुद्ध १–० गोलको विजय पाएको थियो। किर्गिजस्तानका के टासिजले १७ मिनेटमा नेपाली खेलाडीलाई फल गरेपछि पहेँलो कार्ड पाएका थिए।
आज नेपाली खेलाडीले राम्रो खेल पस्किरहे पनि गोल गर्न सकेका छैनन्। पहिलो हाफमा नेपालले प्रहार गरेको बल विपक्षीको पोस्टमा बाउन्स हुँदा नेपालले अग्रता लिने अवसर गुमायो।
नेपालले किर्गिजस्तानविरुद्ध प्रहार गरे पनि स्कोर गर्न सकेको छैन। केही बेरमा दोस्रो हाफ सुरु हुनेछ।
प्रतिक्रिया