ad ad

खेल


त्रिकोणात्मक क्रिकेट शृंखलाः नेपालले पहिलो खेल नेदरल्याण्ड्सँग खेल्ने

त्रिकोणात्मक क्रिकेट शृंखलाः नेपालले पहिलो खेल नेदरल्याण्ड्सँग खेल्ने

नेपालखबर
चैत २६, २०७७ बिहिबार ५:४४,

आगामी वैशाख पहिलो साता नेपालमा हुने त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ।

नेदरल्यान्ड्स र मलेसियासँग हुने टि ट्वान्टी त्रिकोणात्मक सिरिजको खेल तालिका नेपालले पहिलो खेल नेदरल्याण्ड्सँग खेल्ने भएको हो।

ईएसपीएनक्रिकइन्फोका अनुसार नेपालले दोस्रो खेल मलेसियासँग वैशाख ६ मा खेल्ने छ। तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्नेछ।

नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्नेछ। सिरिजको शीर्ष दुईमा रहनसके नेपालले वैशाख ११ गते फाइनल खेल्नेछ।

खेल दिउँसो सवा २ बजेदेखि सवा ५ बजेसम्म हुनेछ।

नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक मूल्य १ सय ५० रुपैयाँ तोकेको छ। मुख्य प्रायोजनमा बजाज पल्सर छ। नेपालले प्रशिक्षक डेभ ह्वाटमोरको प्रशिक्षणमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नलागेको हो।

नेपालले त्रिवि क्रिकेट मैदानमा पछिल्लो समय गत वर्ष माघमा ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओडिआई त्रिकोणात्मक सिरिज खेलेको थियो।

नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .