नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले मलेसियाको लगातार विकेट खसालेका छन्।
सातौँ ओभरको अन्तिम बलमा कामीले मलेसियाका धिरन दीप सिंहलाई बोल्ड गर्दा आठौँ ओभरको पाँचौँ बलमा ऐरीले नेपाललाई चौथो सफलता दिलाएका हु्न्।
योसँगै मलेसियाको चार विकेट खसेको छ। आठ ओभरमा मलेसिया चार विकेट क्षतिमा ५१ रनमा खेलिरहेको छ।
यसअघि मलेसियाका ओपनर अन्वर अरुद्दिन १ दशलव ४ ओभरमा नै ८ रन जोड्दा पवेलियन फर्के। उनी करण केसीको बलमा आउट भए।
तेस्रो ओभरको दोस्रो बलमा मलेसियाका कप्तान अहमद फैज रन आउट भएका थिए।
प्रतिक्रिया