ad ad

खेल


एनएसएल: काठमाडौं रेजर्सको विजयी सुरुवात

एनएसएल: काठमाडौं रेजर्सको विजयी सुरुवात

नेपालखबर
बैशाख ११, २०७८ शनिबार १४:३३,

विदेशी खेलाडी मेस्की ओलमोउको निर्णायक गोलमा काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ।

काठमाडौको दरशथ रगंशालामा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ओलोमोउले ६६औं मिनेटमा गरेको गोल नै काठमाडौका लागि निर्णायक बन्यो।

उनले अर्का विदेशी खेलाडी स्टेफन समिरले प्रहार गरेको बललाई गोलरक्षक अर्पन कार्कीले रिबाउन्ड गरेको बललाई पोष्टको दिशा दिएका थिए।

त्यसअघि खेलको ३३ औं मिनेटमा काठमाडौका स्टेफनको प्रहर पोष्टको बारमा लागेर फर्कदा अग्रता बनाउनबाट चुकेको थियो।

खेलको ७१ मिनेटमा ललितपुरका नुर्लान जहिदले गरेको प्रहार गोलरक्षक विकेश कुथुले राम्रो बचाउ गरे। दोस्रो हाफको अतिरिक्त समयमा गरेको दुई प्रहारलाई किपर कुथले बचाउ गर्दा ललितपुर बराबरी गर्नबाट चुक्यो। 

काठमाडौले तीन विदेशी खेलाडी मैदान उतार्दा ललितपुरले भने २ विदेशी खेलाडी खेलाएको थियो।

लिगमा आइतबार विराटनगर सिटी एफसी र धनगढी एफसीबीच पहिलो खेल हुनेछ। खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। दोस्रो खेलमा लुम्बिनी एफसीविरुद्ध पोखरा थन्डर्स खेल्नेछ। दोस्रो खेल साँझ साढे ५ बजे हुनेछ।

खेलको म्यान अफ द म्याच काठमाडौंका सन्जोक राई भए। उनले नगद २५ हजार पुरस्कार पाए। यस्तै उदयीमान खेलाडीका लागि विश्वास श्रेष्ठलाई १० हजार रुपैयाँले पुरस्कृत गरियो।

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग जारी प्रतियोगितामा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन्। राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। यस्तै उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन्। व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .