पाकिस्तानी कप्तान बाबर अजामले अप्रिल महिनाको ‘आईसीसी मेन्स प्लेयर अफ दि मन्थ’ (महिना उत्कृष्ट खेलाडी) अवार्ड जितेका छन्।
उनले पाकिस्तानकै ओपनर फकर जमान र नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेललाई पछि पार्दै अवार्ड जितेका हुन्।
पाकिस्तानका कप्तान बाबर आजमले दक्षिण अफ्रिकासँग ओडीआई र टी२० अन्तर्राष्ट्रिय सिरिज जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
त्यसैको आधारमा उनले अवार्ड जितेका हुन्। अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको आधारमा घोषणा गरिएको हो।
आईसीसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टर थिए। आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार थियो। दुवै जोडेर सर्वाधिक मत बाबरले पाएका हुन्।
अन्तर्र्रािष्ट्रय क्रिकेट परिषद् (आईसीसी)ले वैशाख १२ गते अप्रिल महिनाको उत्कृष्ट महिला पुरुष खेलाडीका लागि भोटिङ खुला गरेको थियो।
बाबरले दक्षिण अफ्रिकासँग अप्रिल २ मा पहिलो ओडीआई खेलमा पाकिस्तानलाई ३ विकेटले जिताउन बाबरले १ सय ३ रनको शतकीय इनिङस् खेलेका थिए।
तेस्रो तथा निर्णायक ओडीआई खेलमा ९४ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए। त्यस्तै टी–२० आई खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ४ रनको विशाल लक्ष्य भेट्ने क्रममा उनले १ सय २२ रनको कीर्तिमानी इनिङस् खेलेका थिए।
कुशलले घरेलु मैदानमा भएको तीन देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय ७८ रन बनाएका थिए।
नेपाललाई त्रिकोणात्मक टी–२० सिरिजको उपाधि दिलाउन कुशलले कीर्तिमानी प्रदर्शन गरेका थिए।
डेब्युसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने कुशल पहिलो टी–२० आई खेलाडी हुन्। कुशलले नेदरल्यान्ड्सको डेब्यु खेलमा ६२ रन बनाएका थिए।
दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्सँग ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए।
चौथो खेलमा मलेसियासँग १६ मात्र बनाएका कुशलले फाइनल खेलमा ७७ रन बनाएका थिए। जुन खेल नेपालले १ सय ४२ रनले हराउँदै सिरिजको उपाधि जितेको थियो।
पाकिस्तानका अर्का ओपनर फकर जमानले जमानले एक दिवसीय क्रिकेटमा ३ सय २ रन बनाएका छन्। जमानले दक्षिण अफ्रिकासँगको एक दिवसीय खेलमा दुई शतक हानेका थिए।
प्रतिक्रिया