ad ad

खेल


म्यानचेस्टरका पूर्वफरवार्ड अगुएरो बार्सिलोनामा अनुबन्ध

म्यानचेस्टरका पूर्वफरवार्ड अगुएरो बार्सिलोनामा अनुबन्ध

नेपालखबर
जेठ १७, २०७८ सोमबार १५:५१,

म्यानचेस्टर सिटीका पूर्वफरवार्ड सर्जियो अगुएरो बार्सिलोनामा अनुबन्ध भएका छन्।

बार्सिलोनाले फ्रि ट्रान्सफरमा ३२ वर्षीय अगुएरोलाई २ वर्षका लागि अनुबन्ध गरेको हो। बार्सिलोनाले उनको रिलिज क्लज १ सय मिलियन युरो तोकेको छ।

अगुएरोले सिटीमा पाउँदै गरेको पारिश्रमिक घटाएर बार्सिलोनासँग सम्झौता गरेका हुन्। नयाँ सम्झौता अनुसार उनले वार्षिक ५ मिलियन पाउन्ड पाउने आकलन गरिएको छ।

अगुएरो यसअघि सन् २०११ मा एट्लेटिको म्याड्रिड छाडेर सिटी पुगेका थिए। अगुएरोले सन् २००६–०७ को सिजनमा अर्जेन्टिनी क्लब एट्लेटिको इन्डिपेन्डेन्टीबाट एट्लेटिको म्याड्रिड पुगेका थिए।

एट्लेटिकोमा पाँच सिजन बिताएका अगुएरोले २३४ खेलमा १०२ गोल गरेका थिए। अगुइरोले म्यानचेष्टर सिटीको जर्सीमा ५ पटक प्रिमियर लिग उपाधि जिताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .