ad ad

खेल


कोपा अमेरिकाको ४७औँ श्रृंखला ब्राजिलमा

कोपा अमेरिकाको ४७औँ श्रृंखला ब्राजिलमा

नेपालखबर
जेठ १७, २०७८ सोमबार १६:९,

कोपा अमेरिका २०२१ ब्राजिलमा हुने भएको छ।

यसअघि अर्जेन्टिनामा हुने भनिएको प्रतियोगिता अब ब्राजिलमा गराउने तय भएको दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले जनाएको छ। अर्जेन्टिनामा कोरोना महामारी बढेपछि प्रतियोगिता ब्राजिलमा गराउने निर्णय गरेको कन्मेबलले बताएको छ।

कोपा अमेरिका १३ जुन देखि ११ जुलाईसम्म हुनेछ। प्रतियोगिता हुने स्टेडियमको बारेमा भने अहिले केही बताइएको छैन। गतवर्ष नै हुनुपर्ने कोपा अमेरिका कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो।

४७औं पटक कोपा अमेरिका आयोजना गर्न लागेको ब्राजिल दुई वर्षअघिको च्याम्पियनसमेत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .