ad ad

खेल


पाकिस्तानी महिला क्रिकेटरले पार गरिन् १ सय विकेटको कोशेढुंगा

पाकिस्तानी महिला क्रिकेटरले पार गरिन् १ सय विकेटको कोशेढुंगा

नेपालखबर
असार १७, २०७८ बिहिबार १२:९,

पाकिस्तान महिला क्रिकेट टिमकी स्पिनर निदा रसिद डारले अन्तर्राष्ट्रिय टि–ट्वान्टी क्रिकेटमा १ सय विकेटको कोशेढुंगा पार गरेकी छिन्।

३४ वर्षीया निदा डार पाकिस्तानबाट १ सय विकेट लिने पहिलो खेलाडी हुन्।

अन्तर्राष्ट्रिय महिला क्रिकेटमा १ सय विकेट लिने उनी पाँचौँ क्रिकेटर हुन्।

वेष्ट इन्डिजकी ३२ वर्षीया अनिसा मोहम्मदले १ सय २० विकेट लिएकी छन्। सन् २००८ बाट खेलिरहेकी उनले १ सय १२ खेलको १ सय ८ इनिङ्समा १ सय २० विकेट झारेकी छिन्।

सर्वाधिक विकेट लिनेको दोस्रो स्थानमा अष्ट्रेलियाकी एलिस एलेक्जान्ड्रा पेरी छिन्।

उनले १ सय २३ खेलमा १ सय १५ विकेट लिएकी छिन्।

साउथ अफ्रिकाकी शबनिम इस्माइलले १ सय १० विकेट झारेकी छिन्। १ सय २ विकेट लिएकी इङल्याण्डकी अन्या श्रब्सोल सर्वाधिक विकेट लिने खेलाडीको चौथो स्थानमा छिन्।

सन् २०१० देखि अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी निदा डारले १ सय ६ अन्तराष्ट्रिय खेलको १ सय १ इनिङस्मा १ सय १ विकेट झारेकी छिन्।

९४ इनिङस्मा उनले ११ सय ६१ रन बनाएकी छिन्।

रि विवियन रिचर्डस स्टेडियम र्न साउथ एन्टीगुवामा भएको सिरिज अन्तर्गतको पहिलो खेलमा उनले आफ्नो स्पेलमा २ विकेट लिएकी थिइन्।

पाकिस्तानसँगको ३ खेलको टि–ट्वान्टी शृङखलामा घरेलु टोली वेष्ट इन्डिजले १–० को अग्रता लिएको छ। बिहीबार निदा डारले किर्तिमान रचेको खेलमा पाकिस्तान वेष्ट इन्डिजसँग १० रनले पराजित भएको थियो।

वेस्ट इन्डिजले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रनमा समेटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .