पहिलो खेलमा भारतसँग फराकिलो हार ब्यहोरेपछि पश्चिम बंगालको कल्याणी रंगशालामा शुक्रबार दिउँसो ३ बजेर १५ मिनेटमा हुने खेल सेमिफाइनल पुग्न नेपालले जित्नैपर्ने दबाब बढेको हो।
पहिलो खेलमा नेपाल भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो। तर श्रीलंकाले पहिलो खेलमा भुटानलाई ३-२ गोल अन्तरले पराजित गरेकाले खेलमा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ। राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया