ad ad

खेल


एसीसी यू–१९ एसिया कपः यूएईविरुद्ध नेपालकाे सान्त्वना जित

एसीसी यू–१९ एसिया कपः यूएईविरुद्ध नेपालकाे सान्त्वना जित

नेपालखबर
भदौ २४, २०७६ मंगलबार ११:११,

एसीसी अन्डर १९ एशिया कपको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १ सय ६० रनका विशाल अन्तरले पराजित गरेको छ। आफ्नो पहिलो दुवै खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको नेपालले सान्त्वना जितसँगै प्रतियोगिताका सुखद अन्त्य गरेको छ।

नेपालले प्रस्तुत गरेको २ सय ८६ रनका लक्ष्य पछ्याएको युएई ३४ ओभर ४ बल खेल्दै १ सय २५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि सागर ढकालले तीन, रसिद खान, सूर्य तामाङ र पवन सराफले दुई दुई विकेट लिए भने कलमसिंह ऐरीले एक विकेट लिए।

श्रीलंकामा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो। नेपालका लागि सबैभन्दा बढी रोहित पौडेलले ६७ रन बनाएका थिए। उनी म्यान अफ दि म्याच चुनिए। दुई ओपनरलाई व्यक्तिगत शुन्य रनमा आउट भएपछि क्रिजमा आएका पौडेलले तेस्रो विकेटका लागि असिफ शेखसँग ७१ रन र चौँथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरेका थिए।

शेखले ४५ रन र जोराले ४ रन बनाए । आठौ विकेटका लागि रसिद खान र कमलसिंह ऐरीले ७० रनका साझेदारीको मद्दतले नेपालले ठूलो स्कोर बनाएको थियो। समूह बीमा रहेको नेपाल र युएई दुवै श्रीलंका र बंगलादेशसँग पराजित भए पनि तेस्रो खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .