ad ad

खेल


  फिफा रोनाल्डोसँग रुष्ट

   फिफा रोनाल्डोसँग रुष्ट

नेपालखबर
असोज ८, २०७६ बुधबार ८:४३,

सोमबार राति फिफा वर्ष उत्कृष्ट खेलाडीको घोषणा हुने कार्यक्रम थियो। मेस्सीले उक्त अवार्ड जित्ने निश्चित भएको थाहा पाएपछि रोनाल्डो त्यस कार्यक्रममा सहभागी भएनन्।

तर उनले आफू सहभागी नहुने विषय फिफालाई जानकारी गराएनन्। द सनका अनुसार फिफा वर्षका उत्कृष्ट ११ को टोलीमा रोनाल्डो परे।

उक्त पुरस्कार प्रदान गर्दासम्म पनि फिफाले रोनाल्डो आउने अपेक्षा गरेका थिए। किनभने इटालीमा उक्त कार्यक्रमको अयोजना गरिएको थियो।

रोनाल्डो इटालीमै छन्। उनी युभेन्ट्स क्लबबाट खेल्छन्। तर रोनाल्डो कार्यक्रममा उपस्थित भएनन्।

 Cristiano Ronaldo relaxed at home as the Fifa The Best ceremony played out in Milan

रोनाल्डोले आफू नआउने बारे कुनै जानकारी नदिएपछि फिफा रोनाल्डोसँग रुष्ट भएको हो।

फिफा वर्षका उत्कृष्ट ११ खेलाडीको नाम लिने क्रममा रुष्ट फिफाका अधिकारीले रोनाल्डोको नाम नै लिएनन्।

१० खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो। उक्त अवार्ड कार्यक्रमपछि रोनाल्डोले किताब पढिरहेको तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेका थिए।

रोनाल्डोले पाँचपटक फिफा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .