ad ad

खेल


सुदूरपश्चिमको विजयी सुरुवात

सुदूरपश्चिमको विजयी सुरुवात

गोकुल जोशी
असार ४, २०७६ बुधबार ८:३०,

चौथो संस्करणको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बिजयी सुरुवात गरेको छ। बुधबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

टस जितेर ब्याटिङ रोजेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै मात्र ५७ रन जोड्न सक्यो। ५८ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले उक्त लक्ष्य मात्र ७.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।

गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमकी कविता कुँवर, जानकी भट्ट, लक्ष्मी साउँदले समान २÷२ तथा कविता जोशीले १ विकेट लिए। सुदूरपश्चिमका लागि ‘विमेन अफ द म्याच’ घोषित भएकी कविता कुँवरले २१ रन, कविता जोशी ११ र रेवती धामीले १२ रन जोडे। गण्डकी प्रदेशका लागि कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। गण्डकीका लागि शिला रेग्मीले १९ र सुशीला गुरुङले १७ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बुधबार नै हुने अर्को खेलमा दिउँसो साढे तीन बजे कर्णाली प्रदेश र प्रदेश नम्बर २ बीच हुने आयोजकले जनाएको छ। असार ११ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहने छ।

प्रतियोगिताको बिजेता टोलीले ५ लाख, उपबिजेता टोलीले ३ लाख प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताको ‘वोमन अफ द सिरिज’ले ३० हजार, ‘वेस्ट ब्याट्सवोमन’ र बलरले समान १५ हजार र ‘वोमन अफ द म्याच’ले २५ सय नगद रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पनि पाउने छन्।

प्रतियोगिताको प्रमुख प्रायोजकमा अष्ट्रेलियाको मिराई एजुकेसन एन्ड भिजा सर्भेज र सपोटेर्डका रूपमा एनसेल प्राइभेट लिमिटेड रहेको आयोजकले जनाएको छ। प्रतियोगिता आयोजना गर्न झण्डै ८८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगितामा सहभागी ८ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ रहेका छन्। समूह ‘बि’मा प्रदेश १, २, प्रदेश ३, र कर्णाली प्रदेश रहेका छन् ।

प्रतियोगिताको उद्धघाटन महेन्द्रनगरको कबर्ड हल मैदानमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .