ad ad

खेल


अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौडको तयारी पूरा

अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौडको तयारी पूरा

वाशुदेव मिश्र
असोज २७, २०७६ सोमबार १३:४४,

चिनियाँ खेलाडीहरुको सहभागितामा पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड–२०१९ को तयारी पूरा भएको छ। 

पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउण्टेनियरिङ एण्ड एक्सप्लोरेसन एसोसियसनको आयोजना एवं पोखरा र कुन्मिन महानगरपािलकाको संरक्षकत्वमा विभिन्न संघ/संस्थाहरुको सहकार्यमा यही असोज २९ गते पोखरामा सो दौडको आयोजना हुन लागेको हो।

‘नेपालको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजित दौडको तयारी पूरा भएको छ’, प्रतियोगितका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने,‘ दौडमा सहभागि हुने चिनियाँ प्राविधिक सहितको टोली पोखरा नेपाल आइसकेको छ।’ उनका अनुसार प्रतियोगितामा दौडमा चीनका करिब ३० जना धावक,त्यहाँका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ६० जनाको टोली सहभागि हुनेछन्। दौडमा नेपालको तर्फबाट २५ टिमसहित करिब १ सय ५ जना खेलाडीहरुले सहभागिता जनाउने छन्।

दौड पोखराको पर्यटकी क्षेत्र बैदामको बाराही चोकबाट असोज २९ गते बिहान ८ बजे सुरु हुनेछ। दौडको दूरी २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १।२ किलोमिटर बोटिङ हुनेछ भने मट्टिखान तथा पुम्दीभुम्दीको १३ सय मिटरको उचाईसम्म धावकहरु पुग्नेछन्। दौडको समापन पुनः बाराही घाटमा नै हुनेछ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरा उद्योग वाणिज्य संघकाम अध्यक्ष दामु अधिकारीले दौडलाई वार्षिक रुपले आयोजना गर्ने तयारी गरेको जानकारी दिए। कास्की जिल्ला खेलकुद संघका अध्यक्ष यामबहादुर गुरुङले यो खेलका नेपाली विजेताहरुलाई चीनमा आयोजना हुने क्रस–कन्ट्री दौडमा सहभागिताको अवसर मिल्ने जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .