मच्छिन्द्र फुटबल क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रवेशविराटनगरको सहिद रङ्गशालामा जारी रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको गएराति भएको अन्तिम क्वाटर फाइनल खेलमा भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँको मच्छिन्द्र फुटबल क्लबल सेमिफाइनलमा प्रवेश गरेको हो।
आठौँ संस्करणको विराट गोल्डकपमा मच्छिन्द्रका जर्सी नम्बर ३० का स्टेफेन बिनोङले खेलको दस मिनेटमै गोल गरेका थिए।
कोलकोत्ताका साउर्थनका जर्सी नं.१७ का सोनु हवल्दारले खेलको ३२ मिनेटमा गोल फर्काएर खेल बराबरमा पुयाएका थिए ।
बुधबारको पहिलो सेमिफाइनल खेल मोरङको साङ्ग्रिला फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरीको एपिएफबीच हुने आयोजकले जनाएको छ।
गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । विराट गोल्ड कप ट्रष्टद्वारा प्रतियोगिता आयोजना गरिएको हो। रासस
84
Shares
प्रतिक्रिया