एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा यूएईले दिएको सामान्य चुनौतीलाई अहिले नेपालले पछ्याइरहेको छ।
यूएईले कीर्तपुर मैदानमा दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा १९ ओभर खेल्दै ३ विकेटको क्षतिमा ६६ रन बनाइसकेको छ।
ओपनरहरु ओपनर कुशल भुर्तेल १ रन र आशिफ शेख ८ रनमा आउट भएको अवस्थामा कप्तान रोहित पौडेल पनि क्रिजमा टिक्न सकेनन्।
चौथो क्रममा आएका उनी पनि १ रनमै आउट भएपछि अहिले गुलशन झा र भीम सार्कीले नेपाली पारी सम्हालिरहेका छन्।
ताजा अवस्थामा गुलशनले ५३ बलमा ४५ रन बनाइसकेका छन् उनी अर्धशतक नजिक छन्। त्यस्तै उनलाई साथ दिइरहेका भीम सार्कीले ३३ बलमा ७ रन बनाएर खेलिरहेका छन्।
भीम र गुलशनको जोडी जमिरहँदा नेपालले सामान्य लक्ष्य भेट्टाउने सम्भावना बढाउँदै लगेको छ।
यसअघि सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो।
सोमबार २७.३ ओभरमा यूएई ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि लगातार वर्षाका कारण खेल हुन नसकेपछि आजका लागि सारिएको हो।
Shares
प्रतिक्रिया