नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा विभिन्न खेलाडीहरुलाई सम्मान गरिएको छ।
क्यानको अधिवेशनको उद्घाटन सत्रका क्रममा शुक्रबार नेपाली क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीहरुलाई सम्मान गरिएको हो।
क्यानले सन् १९९६ का तत्कालीन कप्तान उत्तमकुमार कर्माचार्यसहितका खेलाडीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा तत्कालीन प्रशिक्षक सुलोचकुमार भट्टराईलाई पनि क्यानले सम्मान गरेको छ।
सम्मानित हुनेहरुमा पहिलो ब्याचका खेलाडीहरु लेखबहादुर क्षेत्री, (एलबी) मनीषराज पाण्डे, वसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, सञ्जय गुरुङ, किरण शमशेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, पुकार पन्त, मुशरफ इजाहर, विशाल गुप्ता र रितेश बराललाई दोसल्लासहित सम्मान पत्र दिइएको हो।
36
Shares
प्रतिक्रिया