मंसिर ४ गतेदेखि सुरु हुने विश्वकप फुटबलको लागि देशहरुले टोली घोषणा गरिरहेका छन्।
शुक्रबार पनि धेरै देशले टोली घोषणा गरेका छन्। शुक्रबार नै नेदरल्यान्ड्सले पनि आफ्नो टोली घोषणा गरेको छ।
प्रशिक्षक लुइ भान गालले घोषणा गरेको टोलीमा जस्टि बिज्लो, आन्द्रेस नपर्ट, रेम्को पासवीर, भर्जिल भान डिज्क, नाथन आके, डेली ब्लाइन्ड, जरिन टिम्बर, डेन्जेल डम्फ्राइज, स्टिफन डी व्रिज, म्याथ्युज डीलाइट, टिरेल मालासिया, जेरेमी फ्रिम्पोंग, फ्रेन्की डी जोंग रहेका छन्।
त्यसैगरी स्टिभन बर्गुइस, डेवी क्लासेन, टियुन कूपमेनर्स, कोडी गाक्पो, मार्टिन डी रुन, केनिथ टेलर, जाभी साइमन्स, मेम्फिस डिपे, स्टिभन बग्र्विन, भिन्सेन्ट जान्सेन, लुक डी जोंग, नोवा ल्यांग र आउट वेघोष्र्ट रहेका छन्।
प्रतिक्रिया