जोसे गया चोटका कारण बाहिरिएपछि स्पेनले बार्सिलोनाका १९ वर्षीय एलेजान्ड्रो बाल्डेलाई विश्वकप टोलीमा बोलाएको छ।
भ्यालेन्सियाका लेफ्ट–ब्याक गयालाई घुँडाको चोटका कारण बाहिर निकाल्नु परेपछि अन्तिम समयमा बाल्डेलाई बोलाइएको हो। यसअघि बार्सिलोनाकै ७ खेलाडी स्पेनको टोलीमा समेटिएका थिए।
प्रशिक्षक लुइस एनरिकले बाल्डेलाई पनि बोलाएसँगै स्पेनको टिममा ८ जना बार्सिलोनाका खेलाडी परेका छन्। कप्तान सर्जिओ बुस्केट, जोर्डी अल्बा, अंशु फाती, पेड्री, गाभी, इरिक ग्रासिया र फेरान टोरेस पनि स्पेनको टोलीमा छन्। बाल्डेसहित बार्सिलोनाका चार खेलाडी २११ वर्ष मुनिका छन्।
बाल्डेले बार्साको टोलीमा जोर्डी अल्बाको ठाउँ लिइरहेका छन्। यो सिजन अल्बा भन्दा बाल्डे जाभीको रोजाइमा परेका छन्।
42
Shares
प्रतिक्रिया