क्वार्टरफाइनलमा पनि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रानाल्डोले सुरुवातमा मौका नपाउने भएका छन्। प्रशिक्षक फर्नान्डो सान्तोषले यसअघि अन्तिम १६ को खेलमै उतारेको टोलीलाई रोजाइमा राखेका हुन्।
स्विट्जरल्याण्डविरुद्धको टोलीमा एक मात्रै परिवर्तन गरिएको छ। तर अग्र पंक्तिमा आज पनि फेलिक्स, रामोस र ब्रुनोले निरन्तरता पाएका छन्।
सेन्टर मिडफिल्डमा कार्भाल्होको स्थानमा ओटाभिओले मौका पाएका छन्। डिफेन्डर र गोलरक्षक पनि नकआउटकै निरन्तरता छ। यसअघि अन्तिम १६ को खेलमा रोनाल्डोले ७३ औं मिनेटमा फेलिक्सको स्थानमा मौका पाएका थिए। तर उनले गोल भने गर्न सकेनन्।
त्यही खेलमा उनलाई बेन्चमा राख्दा मौका पाएका रामोसले भने ह्याट्रिक गरेका थिए।
स्विट्जरल्याण्डविरुद्ध रोनाल्डोबिनै मैदान उत्रिएको पोर्चुगलले ६–१ को जित हात पारेको थियो। जारी विश्वकपमा दोस्रो फराकिलो जित हो।
Shares
प्रतिक्रिया