ad ad

सुदूरपश्चिम


बुढीगंगामा जारी पुनः मतदानमा झडप, उम्मेदवारसहित २ जना घाइते, प्रहरीद्वारा हवाइ फायर

बुढीगंगामा जारी पुनः मतदानमा झडप, उम्मेदवारसहित २ जना घाइते, प्रहरीद्वारा हवाइ फायर

बुढीगंगाको कुनै एक मतदान केन्द्र


गोकुल जोशी
असार २३, २०७९ बिहिबार १३:५७, कञ्चनपुर

गत वैशाख ३० गते धाँधली भएको भन्दै स्थगित स्थानीय तहको निर्वाचनअन्तर्गत बाजुराको बुढीगंगा नगरपालिकामा आज पुनः भइरहेको मतदानमा पनि तनावको स्थिति सिर्जना भएको छ। 

बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाचन्द्र अधिकारीले बताए। 
दुई पक्षबीच विवादले केही समय मतदानसमेत रोकिएको छ। अहिले भने अवस्था नियन्त्रणमा आएर मतदान फेरि सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी अधिकारी बताउँछन्। 

‘अन्य ठाउँमा अवस्था सामान्य छ, त्रिशक्ति माविको अवस्था पनि अहिले नियन्त्रणमा आइसकेको छ’, उनले भने, ‘केही समय रोकिएको मतदान सुचारु भएको छ।’

गत वैशाख ३० गते स्थगित स्थानीय तहको चुनाव बुढीगंगामा दुई महिनापछि नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान भइरहेको हो। 

त्रिशक्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा फर्जी मत खसाएको विषयमा विवाद दुइ पक्षबीच झडप भएको हो।

जसमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र एक स्थानीय सीता थापा घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .