ad ad

सुदूरपश्चिम


बुढीगंगा मगतणना अपडेट : २९३७ मत गनिसक्दा मेयर–उपमेयर दुवैमा एमाले अगाडि

बुढीगंगा मगतणना अपडेट : २९३७ मत गनिसक्दा मेयर–उपमेयर दुवैमा एमाले अगाडि

गोकुल जोशी
असार २५, २०७९ शनिबार ७:४५, कञ्चनपुर

बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्व चयनका लागि भएको पुनः निर्वाचनको मतगणना जारी छ। २ हजार ९३७ मत गनिसक्दा मेयर र उपमेयर दुवै पदमा एमालेले अग्रता लिइरहेको छ। 

अहिलेसम्मको मतपरिणाम अनुसार मेयर पदमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले १७३२ मत ल्याएका छन् भने यसपछि कांग्रेसका उम्मेदवार रंगबहादुर खातीले १०३० मत पाएका छन्।  

यसैगरी उपमेयर पदमा पनि एमालेकै उम्मेदवार अगाडि छन्। जसअन्तर्गत एमालेकी उम्मेदवार मायाकुमारी खड्काले १६८७ मत ल्याउँदा दोस्रोमा कांग्रेसकी उम्मेदवार रीता शाहीले १०६७ मत पाएकी छन्।

गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले बुढीगंगा नगरपालिका बिहीबार पुनः मतदान गराएको हो।

दुईवटा वडामा एमाले विजयी
बुढीगंगा नगरपालिकाका दुईवटा वडामा एमालेकै उम्मेदवार विजयी भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमाले वडा नम्बर १ र १० मा एमालेका उम्मेदवार विजयी भएका हुन्। 

बुढीगंगा नगरपालिका– १ मा एमालेका रणबहादुर थापा ४ सय १६ मत सहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका लोग बहादुर थापाले ३ सय ५० मत मात्रै ल्यान सके। 

यस्तै बुढीगंगा नगरपालिका–१० मा पनि एमालेकै दलबहादुर सावद ५ सय ४८ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका मोहन बहादुर बुढाले ४ सय ९१ मत मात्रै ल्याउन सकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .